एफएनसीसीआइको चुनावी मैदानमा चहलपहल बढ्यो, कोरोनाको छैन डर ! « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

एफएनसीसीआइको चुनावी मैदानमा चहलपहल बढ्यो, कोरोनाको छैन डर !



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा मार्फत नयाँ पदाधिकारी चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएको भएपनि सवा ९ बजेबाट शुरु भएको छ ।

अहिले व्यवसायीहरु मतदान गर्न निर्वाचान स्थलमा रहेका छन् । हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कुनै पनि डर त्रास नमानिकन मतदान गरिरहेका छन् । यसले कोरोना संक्रमण फैलिने देखिएको छ । किन भने मतदान स्थलहरुमा यतिबेला कुनै पनि मापदण्ड नअपनाएर भिडभाड बढेको छ । सबैले मास्क लगाएपनि भिड भने उत्तिकै रहेको छ ।

कोरोना भाइरसले गर्दा महासंघको निर्वाचन ३ ठाउँमा भईरहेको छ । जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको छ ।

कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । यतिबेला उमेद्धारहरु मतदातालाई आफ्नो पक्षमा भोट खसाल्नका लागि लबिङ गरिरहेका छन् ।

तस्विरः बिकासन्यूज


प्रतिक्रिया दिनुहोस्