युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड आज हुँदै, ४ लाख ५९ हजार ९८९ जनाले नपाउने « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड आज हुँदै, ४ लाख ५९ हजार ९८९ जनाले नपाउने



काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरले निष्काशन गरेको साधारणस सेयर (आइपिओ) बाँडफाँड आइतबार हुँदै छ । निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ । क्यापिटलका अनुसार दिउँसो ४ बजे क्यापिटल कार्यालय जमल, काठमाडौंमा आइपिओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आइपिओमा ५ लाख ४१ हजार २ सय ६३ जना आवेदकले ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । कम्पनीले सर्वसाधारणहरुका लागि ८ लाख १२ हजार ७ सय ३६ कित्ता माग गरेको थियो । बाँकी ४ लाख ५९ हजार ९८९ जनाले पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्