गत साता ३ हजारले घटेको सुनको मूल्य यस साता पहिलो दिन पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । गत साता ३ हजार रुपैयाँले घटेको सुनको मूल्य यस साताको पहिलो दिनमा नै फेरि घटेको छ । सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको थियो ।