युनाइटेड इदीको आइपिओ बाँडफाँट, ४ लाख ५९ हजारको हात खाली, कसले कति पाए ?

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले निश्कासन गरेको आइपिओ आइतबार बाँडफाट गरेको छ । बिक्री प्रबन्धकमा रुहेका ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा बाँडफाँट गरिएको हो ।
कम्पनीले मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर निश्कासन गरेको थियो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो ।
आइपिओमा आवेदन दिएका कुल ५ लाख ४१ हजार २६३ जना सर्वसाधारणमध्ये ८१ हजार २७३ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
यसरी बाँडफाँट पछि बाँकी रहेको ६ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ६ जनालाई १ कित्ताका दरले थप गरिएको छ । बाँकी ४ लाख ५९ हजार ९८९ जना आवदकको हात खाली भएकोे छ । यसमा ८६१ जनाको आवेदन रद्द भएको छ ।