साल्टट्रेण्डिङ कर्पारेशनको सेयर मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले साल्टट्रेण्डिङ कर्पारेशनको सेयर मूल्य समायोजना गरेको छ । नेप्सेले साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ तोकेको छ । आइतबार कम्पनीको शेयर ७५०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा बोलाएको छ ।