चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि खुल्यो, कसले भर्न पाउछन् ? « Arthapath.com
२५ असार २०८२, बुधबार

चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि खुल्यो, कसले भर्न पाउछन् ?



काठमाडौं । चन्द्रागिरी हिल्सले आजदेखि आइपिओ निष्कासन गरेको छ । चन्द्रागिरी हिल्सले आयोजना प्रभावित स्थानियहरूका लागि आज बुधबारदेखि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपीओमा छिटोमा पौष १ गते र ढिलोमा पौष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार अनुमति प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्