जन्ती चढेको गाडी दुर्घटना, बेहुला/बेहुलीसहित १३ जना घाइते

कैलाली । बैतडीको दोगडाकेदारबाट कञ्चनपुरको बेलौरी आउँदै गरेको जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पद्यमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
दुर्घटनामा परी कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका की १९ वर्षीया दुलही डम्मरा लावड, बेलौरी नगरपालिका ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका ८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार ६ का २० वर्षीय अर्जुन लुहार घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका ३ का ७ वर्षीय प्रदीप चौधरी, बेलौरी नगरपालिका ३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका ६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका ३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीरबहादुर सार्की घाइते भएको उनले जानकारी दिए । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।