गत साता ३ हजारले घटेको सुन यस साता ह्वात्तै बढ्यो, कुन दिनमा कति कारोबार भयो ? « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

गत साता ३ हजारले घटेको सुन यस साता ह्वात्तै बढ्यो, कुन दिनमा कति कारोबार भयो ?



काठमाडौं । यस साता सुनको मूल्य २९ सय रुपैयाँले बढेको छ । गत साता लगतार घटेको सुनको मूल्य यस सात भने बृद्धि भएको हो । यस साताको पहिलो दिन आइतबार र दास्रो दिन सोमबार गरि १३ सय रुपैयाँले घटेको थियो । त्यसपछिका दिन लगतार मंगलबारदेखि शुक्रबारसम्म सुनको मूल्य बढेको छ । यस साता २९ सय रुपैयाँले बढेको छ ।

त्यस्तै, गत साता सुनको मूल्य ३ हजारले रुपैयाँले घटेको थियो । मंगलबार १८ सय, बुधबार १ हजार र शुक्रबार २ सय रुपैयाँले गरि गत साता ३ हजार रुपैयाँले घटेको थियो । त्यस्तै यस साता सुनको मूल्य एक दिन आइतबार मात्र ३ सय रुपैयाँले बढेको थियो ।

शुत्रबार आज छापावाल सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार छापावाला सुनको मूल्य १६ सयले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएके थियो । त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी ३५ रुपैयाँ बढेर प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, सोमबार सुनको मूल्य ७ सयले घटेर तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ६५० रुपैयाँले घटेर ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ११२० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्