“समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी” सञ्चालनमा, नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सहयोग पुग्ने « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

“समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी” सञ्चालनमा, नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सहयोग पुग्ने



काठमाडौं । काठमाडौंमा बनस्थली अवस्थित समृद्धि स्कूल/कलेज ले सुचना तथा सञ्चार प्रविधिसंग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं विज्नेस क्याम्पस अन्तर्गत अध्यापन गराईने वि.सि.ए. र बि.बि.एस. कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले सिस्को नेटवर्क एकेडेमीको सम्बन्धनमा अन्तराष्ट्रिय स्तरको “समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी” को स्थापना गरेको छ । बजारको आवश्यकता अनुरूप सुचना प्रविधि क्षेत्रमा एक्काइसौं शताब्दिको दक्ष जनशक्ति निर्माण गरी यस क्षेत्रमा योगदान गर्ने उद्देश्य यस एकेडेमीले राखेको छ ।

समृद्धि स्कूल/कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा समुद्ध्घाटित उक्त समारोहमा कलेजका सि.ई.ओ./प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले स्वागत मन्तव्यका क्रममा कोभिड- १९ को बाबजुद पनि विद्यार्थीहरुको सर्वाड्गीण विकाशको लागि अध्ययनरत आफ्ना विद्यार्थीहरुको उद्यमशीलता तथा रोजगारमुलक शिप प्रवर्धन गर्नको लागि यस एकेडेमीले निकै महत्व पूर्ण सहयोग पुर्याएको धारणा राख्नु भयो । त्यसै गरी प्रमूख अतिथि पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले अबको पुस्ताले समय सापेक्ष शिक्षा हासिल गरि सरकारी कामलाई ई गभरमेन्ट तथा पार्लियामेन्ट लाई पनि ई पार्लियामेन्ट बनाई आई.टी. यूजर बढाउनु पर्ने धारणा राख्नु भयो ।

त्यसै गरी अर्का प्रमूख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उप–कुलपति डा. सुनिल बाबु श्रेष्ठले यस कार्यक्रमले शिक्षा जगतमा नै नयाँ आयाम थपेको विचार व्यक्त गर्नुभयो । श्रीलंका बाट अनलाइनबाट जोडिनु भएका सिस्को नेटवर्क एकेडेमी सार्ककी क्षेत्रीय मेनेजर कालाहरि कलुरार्चीले नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सिस्को नेटवर्क एकेडेमीले यथासंभव सहयोग गर्ने तथा सिस्को द्वारा सूचना प्रविधि क्षेत्रमा प्रदान गरिने विश्वस्तरीय तालीमबाट विद्यार्थीहरुको सीप र व्यक्तित्व विकाशमा सहयोग पुर्याइ प्रमाणपत्रमा मात्र केन्द्रित नभएर जीवनको जटिल अवस्थाको सामना गर्न सक्ने बनाउन यस एकेडेमीले सहयोग पुर्याएने धारणा राख्नु भयोे । त्यसै गरि उक्त कार्यक्रममा विशेष अतिथिहरु त्रिभुवन विश्वबिद्यालय, इन्जीनीयरिङ्ग अध्ययन संस्थानका प्राध्यापक डाक्टर सुवर्ण शाक्य, विशाल फाउण्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा, उक्त कार्यक्रमको अध्यक्षता गर्नुहुने समृद्धि स्कूल÷कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईले अब एक्काइशौ शताब्दी शिक्षा आवश्यक रहेको धारणा राख्दै सम्पूर्ण आगन्तुक अतिथिहरुलाई स–धन्यवादका साथ कार्यक्रमको समापन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्