रसुवामा उत्पादित चीज अलपत्र

काठमाडौं । लाङ्टाङ चीज उत्पाद केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा अलपत्र परेको छ ।कोरोना भाइरस महामारीका कारण लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौँरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको छ ।
चिज लामो समयसम्म बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गइ नोक्सानी पर्नेे केन्द्रले जनाएको छ ।गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएका ५ लाख १२ हजारको चीज तथा १ लाख ८ हजार रुपैयाँ बराबरको मख्खन अलपत्र परेको चीजकेन्द्रका प्रमुख ग्याल्पो तामाङले जानकारी दिनुभएको छ ।
चार सय चौरी गाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चीज तथा मख्खन बिक्रीमा समस्या आएपछि गएको असोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले बताए ।