२५ लाख पुरस्कारको ‘डान्स मास्टर’ हुने

काठमाडौं । टेलिभिजन रियालटी शो दिन दिनै बढिरहेको बेला छ । यस्तैमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ पनि सुरु हुने भएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमको बीच शोको औपचारिक घोषणा भएको छ । ‘थ्रि प्रोडक्सन’ ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा निर्माण गर्न लागेको यो शोलाई विशाल भण्डारीले निर्देशन गर्ने बताइएको छ । जो ‘कमेडी च्याम्पियन’ का पनि निर्देशक हुन ।
शोमा निर्मातामा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंहलगायत कलाकार रहेका छन । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेको छिन ।त्यस्को जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’ की विजेता तेरियमा मगर, डान्स प्लस सिज २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।
रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइरालाले कार्यक्रमको होस्ट गर्ने छन ।कार्यक्रम राम्रो नृत्य गर्न सक्ने बालबालिकालाई अवसर प्रदान गर्न आयोजना गर्न लागेको निर्देशक भण्डारी बताएका छन ।
‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएपछि सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने बताइएको छ । रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउँनेछन । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन ।