६ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा एक जना युवकको ६ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
कोठामा बस्ने २७ वर्षीय रूद्रबहादुर थापाको कोठाबाट सुनका विभिन्न गहना, एक थान ल्यापटप र नगद १० हजार रूपैयाँ चोरी भएको उनले बताएका छन ।
उनको कोठामा आइतबार दिउँसो चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका(११ बसपार्क पछाडि बस्ने दिनेशकुमार कार्कीको घरबाट दुई लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
आइतबार लत्ताकपडा, बाथरूममा प्रयोग गर्ने स्टिलको धारा लगायतका सामानसमेत गरी उक्त परिमाणको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।