तारकेश्वर नगरपालिकाले कोरोना सङ्क्रमितलाई ५ हजार दिने

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले कोभिड १९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार दिने भएको छ ।नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप ५ हजार रुपैयाँ दिने नगरपालीकाले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले जानकारी दिए ।
अहिले नगरपालीकाभित्र २ हजार ८६ रहेका छन । त्यसमध्ये महिला ८ सय ६६ जना र पुरुष १ हजार २ सय २० जना रहेका छन । त्यस्तै कोरोनाबाट ७ जनाको ज्यान गएको छ ।