रमेश प्रसाईले कसे नन्दासँग लगनगाँठो « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

रमेश प्रसाईले कसे नन्दासँग लगनगाँठो



काठमाडौं । प्रखर बतmा तथा लोक गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो करिब ३ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमापरिणत गरेका छन ।

उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । नेपाली परम्पराअनुसार रमेश र नन्दाले विवाह गरेका हुन ।

उनको स्वर रहेको ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन ।


प्रतिक्रिया दिनुहोस्