नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, १६२८ जना संक्रमणमुक्त « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, १६२८ जना संक्रमणमुक्त



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा एकै दिन ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा भेटिएका १ हजार १४ संक्रमितमध्ये ४ सय ४२ काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्