अरुण काबेलीले पारित गर्यो ६ प्रतिशत लाभांश

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १० औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको सोमबार कम्पनीको काठममाडौंको ट्रेड टावरस्थित केन्द्रीय सभाकक्षबाट भर्चुअल माध्यमबाट आयोजित साधारण सभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७÷०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डासमेत पारित गरेको छ । साधारणसभामा कम्पनीका वित्त प्रबन्धक थानेश्वर भट्टराईले आर्थिक बर्ष २०७६÷०७७ को वित्तीय विवरण प्रस्तुत गरिएको थियो ।