विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या



काठमाडौं । मोरङको मिक्लाजुङमा एक शिक्षकलाई गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरिएको हो । ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनले विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए । बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै अपहरण गरेर लगेको थियो ।


प्रतिक्रिया दिनुहोस्