थप १३८२ जनामा कोरोना, सक्रिय संक्रमित १२६८६ जना, २३ जनाको मृत्यु « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

थप १३८२ जनामा कोरोना, सक्रिय संक्रमित १२६८६ जना, २३ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १६ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा कारोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित जम्मा मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको स्मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ ।

हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस्