नेप्सेमा पहिरो गएपछि अर्थसमितिको चासो, बोलायो गभर्नरलाई

काठमाडौं । लगतार बढिरहेको नेप्सेमा राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले गर्दा परिवर्तन आएपछि संघीय संसदको अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाइ बोलाइएको छ । राष्ट्र बैंकको अस्थिर नीतिका कारण सेयर बजारमा अप्रत्यासित गिरावट आएपछि नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद अन्तर्गतको अर्थसमितिले बोलाएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण सेयर बजारमा भीषण पहिरो गएपछि चासो देखाइएको समितिका सभापति कृष्ण दाहालले जानकारी दिए । शुक्रबारसम्म सबै संसद र नेपाल राष्ट्र बैंकलाई समेत बैठकमा डाकी बजार घटेको विषयमा छलफल हुन लागेको हो । लगतार बढिरहेको बजारमा एक्कासि के कति कारणले गिरावट आएको हो भनि समितिमा छलफल गरिने भएको छ ।