सहकारी बैंकले पर्यटन प्रवद्र्धनका लागि ६.२५ प्रतिशत ब्याजमा कर्जा दिने « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

सहकारी बैंकले पर्यटन प्रवद्र्धनका लागि ६.२५ प्रतिशत ब्याजमा कर्जा दिने



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक बर्षमा पर्यटन शीर्षकमा अधिकतम ९ प्रतिशतसम्म कर्जाको व्यवस्था गरेको छ । पर्यटन प्रवद्र्धनका लागि भन्दै ६.२५ प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म पर्यटन शीर्षकमा कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले वस्तुको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणको शीर्षकमा, गरिबी निबारणको शीर्षकमा लगायत अन्य २२ वटा शीर्षकहरुमा कर्जा लगानीको सूचना सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि बैंकले गत वर्षको तुलनामा अतिरिक्त ६ वटा कर्जा शीर्षक थपेको हो । कर्जाको ब्याजदर भने न्यूनतम ६ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म कायम गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्