यी ११ कम्पनीको आइपिओ आउँदै, कुन कम्पनीको कति कित्ता ? « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

यी ११ कम्पनीको आइपिओ आउँदै, कुन कम्पनीको कति कित्ता ?



काठमाडौं । नेपाली शेयर बजारमा विभिन्न कम्पनीको ठूलो संख्यामा आइपिओ आउने भएको छ ।

१. सन नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले पनि हालसम्म सेबोनमा निवेदन पेश गरेको छैन् ।

२. युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले पनि हालसम्म सेबोनमा निवेदन पेश गरेको छैन ।

३. ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर ९आईपीओ० को निष्काशन अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । हाल कायम रहेको पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निकाष्शन तथा बिक्री प्रबन्धकमा एनएमवी क्यापिटल रहेको छ । चुक्ता पूँजी १ अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्ने छ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रूपैयाँ पुग्ने छ ।

४. महालक्ष्मी इन्स्योरेन्सले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले पनि हालसम्म सेबोनमा निवेदन पेश गरेको छैन् ।

५. आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले पनि हालसम्म सेबोनमा निवेदन पेश गरेको छैन ।

६. सिटीजन्स लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

७.प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते सोमबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

८. सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले पनि हालसम्म सेबोनमा निवेदन पेश गरेको छैन ।

९. रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले पनि हालसम्म सेबोनमा निवेदन पेश गरेको छैन ।

१०. नेपाल इन्फास्ट्रक्चर बैंक ८ करोड कित्ता आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दर्ता गराएको छ । एनआईबिएल एस क्यापिट बिक्री प्रबन्धक रहेको छ । सो आईपिओ हालसम्मकै सबैभन्दा ठूलो हो । हाल नेपाल इन्फास्ट्रक्चर बैंकको चु्क्ता पुँजि कूल १२ अर्ब छ । आईपिओ जारी गरेपछि बैंकको कूल चुक्ता पुँजि २० अर्ब पुग्ने छ । बैंकले विकास पूर्वाधारमा मात्रै लगानी गर्न पाउनेछ ।

१०. महिला लघुवित्त वित्तिय संस्थाले ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न धितो पत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।

११. न्यादी हाइड्रो पावर लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बरारबको आइपीओ निष्काशन गर्न लागेको हो ।लगानीखवरको सहयोगमा


प्रतिक्रिया दिनुहोस्