मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्नेले जरिवाना छुट

काठमाडौं । मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्नेले जरिवाना छुट पाउने भएका छन् । कोरोना भाइरस न्यूनिकरण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउका कारण रोकिएको लाइसेन्स नविकरणको रोकिएको थियो ।

तर, लकडाउनले म्याद सकिएर जरिवाना लाग्ने भएका सवारी चालक अनुमतिपत्रहरूको हकमा मंसिर मसान्तसम्ममा नवीकरण गरी राजस्व भुक्तानी गरेमा रकम छुट हुने भएको छ । बागमति प्रदेशका यातायात व्यवस्था कार्यालय चाबहिलले आज सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।