ओली प्रचण्डबिच सम्वन्ध सुधार हुँदै, भयो डेढ घण्टा बार्तालाप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनी बुधबार विहान ११ बजे बालुवाटार पुगेका हुन् । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतको दाबी छ ।
पछिल्लो अध्यक्षद्धयविच पत्र यसद्ध चलिरहेका बेला बुधबारको भेटले सकारात्मक रुपमा लिइएको छ । अव दुवैको मनमुटावको अन्त्य भएको बुझिएको छ । उनीहरुबीच २५ दिनपछि गत मंसिर २१ गते एक्लाएक्लै भेट भएको थियो । त्यसपछि बुधबार भेटेका हुन् ।