युनाइटेड मोदी हाइड्रोको लाभांश घोषणा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरिएको छ ।
कम्पनीले कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ । कम्पनीले पुस २२ गते कम्पनीको वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
