आन्दोलन गर्न काठमाडौं आइपुगे उखु किसान, ११ बजे माइतीघरमा आन्दोलन गर्न तयारी « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

आन्दोलन गर्न काठमाडौं आइपुगे उखु किसान, ११ बजे माइतीघरमा आन्दोलन गर्न तयारी



काठमाडौं । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न उपत्यकामा आइपुगेका छन ।

उनीहरुले आज विहान ११ बजे माइतीघरमा आन्दोलन गर्न तयारी गरेका छन ।उखु किसान संघर्ष समिति सर्लाहीको पहलमा आफूहरु काठमाडौं आएको एक किसान बताए ।

त्यस्तै आन्दोलन गर्न केही किसान काठमाडौं आएसकेको र केही आउदै गरेको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।उनका अनसार यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउने छन ।

चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानको सरकारले समेत झुलाएको गुनासो छ । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।

तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्