नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । आज नेकपाको स्थाई कमिटि बैठक बालुवाटारमा बस्ने छ ।
गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक आज भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
बैठक दिउँसो एक बजे बोलाइएको छ ।आजको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
पूर्व राजदूत एवम पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट ज्यान गएको थियो ।