सानो छ देश, ठूलो छ सरकार, अटेन किसान « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

सानो छ देश, ठूलो छ सरकार, अटेन किसान



काठमाडौं । उखु किसानले राजधानीमा आएर माइतीघरमा आन्दोलन शुरु गरेका छन ।
उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएर आन्दोलन गर्न थालेका छन ।

उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
लामो समयसम्म उखुको रकम नपाएपछि किसानहरुले गत वर्ष यही समयमा आन्दोलन गरेपछि सरकारसँग पाँच बुँदे सम्झौता भई चिनी मिलहरुबाट रकम भुक्तानी गराउने सहमति भएको थियो ।

त्यसको कार्यान्वयन नभएपछि उखु किसानहरु पुनः राजधानीमा आन्दोलनका लागि आएका हुन् ।


प्रतिक्रिया दिनुहोस्