मंगलबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदी स्थिर « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

मंगलबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदी स्थिर



काठमाडौँ, ३० मंसिर । साताको तेस्रो दिन मंगलबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा १ सयले घटेर तोलामा ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय ५० मा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य स्थिर रही सोमबारकै मूल्यमा प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्