कञ्चनपुरमा अनौठो शिशुको जन्म

काठमाडौं । कञ्चनपुरमा दुवै हातविहीन शिशुको जन्म भएको छ । कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूति गृहमा अनौठो शिशुको जन्म भएको हो ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन । नवजात शिशुका दुवै हात छैनन् । आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए ।