१ करोड ६३ लाखको चेक बाउन्सको मुद्धामा दोषी व्यक्ति जेल चलान

काठमाडौं । पैसा नभएको १ करोड ६३ लाखको चेक काट्ने बैंकिङ कसुरका दोषी व्यक्ति जेल चलान भएका छन् । चेक अनादर मुद्दा (बैंकिङ कसुर) मा दोषी ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार कारागार चलान गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको कलङ्कीमा लुकिछिपी बसिरहेका अवस्थामा पक्राउ गरेको थियो । फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले सोमबार नै कारागार चलान गर्न आदेश जारी गरेको थियो । उनले आफ्नो खातामा पर्याप्त पैसा नभएरपनि काठमाडौँका नानीबाबु खरेललाई रु. १ करोड ६३ लाखको चेक दिएर फरार भएका थिए