रिडी हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको मंसिर ३० गते २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
कम्पनीको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ । कम्पनीको हालै सम्पन्न १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको थियो ।