रिलायबल लाइफको स्वरोजगार योजना, सिट सिमित, यसरि दिन सकिन्छ आवेदन « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

रिलायबल लाइफको स्वरोजगार योजना, सिट सिमित, यसरि दिन सकिन्छ आवेदन



काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले हामीसँग रोजगारीको अवसर छ, मिहेनत गरे लाखौ कमाउन सकिन्छ विशेष स्वरोजगार योजना सार्वजनिक गरेको हो ।

विद्यार्थी, गृहिणी, शिक्षक, बैदेशिक रोजगारबाट स्वदेश फिर्ता हुनु भएका दाजुभाई दिदी बहिनीहरु लगायत रोजगारीको खोजिमा रहेका व्यक्तिहरलाई स्वरोजगार हुनका लागि प्रोत्साहित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले Reliable Marketing Executive (RME) को विशेष स्वरोजगार योजना ल्याएको हो । यस योजनामा प्रथम बीमाशुल्कको व्यावसायिक लक्ष्य प्राप्तिको आधारमा मासिक सुविधा रकमका साथै मासिक भत्ता समेत उपलब्ध हुने छ ।

सिट सिमित भएकोले छिटो सम्पर्क गर्न कम्पनीले सूचना जारी गरि जनाएको छ । यसमा २२ बर्ष देखी ३५ बर्ष समूहकाले आवेदन दिन सक्ने छन् । कम्पनीले निःशुल्क प्रशिक्षण पनि गराउने भएको छ । यसका लागि आवेदकले कम्तीमा प्लस २ उत्तिर्ण गरेको हुनुपर्ने छ ।

आवेदन दिनकालागी नजिकैको शाखा कार्यालयमा सम्पर्क राख्नुहोस वा आवेदन फारम डाउनलोड गरि [email protected] वा [email protected] मा पठाउनुहोस।www.reliablelife.com.np मा लगअन गरि आवेदन दिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस्