शैक्षिक योग्यता नपुगेको भन्दै सानिमा क्यापिटलको सीइओ बिरुद्द उजुरी « Arthapath.com
१ पुष २०७७, बुधबार

शैक्षिक योग्यता नपुगेको भन्दै सानिमा क्यापिटलको सीइओ बिरुद्द उजुरी



काठमाडौं । सानिमा क्यापिटलका सीइओ बिरुद्द धितोपत्र बोर्डमा उजुरी परेको छ । सानिमा क्यापिटलका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत भिश्मराज चालिसे बिरुद्द नेपाल धितोपत्र बोर्डमा उजुरी परेको हो । सीइओ हुनको लागि चालिसेको योग्यता नपुग्ने भन्दै लगानी कर्ताहरुको तर्फबाट मेख बहादुर दाहालले बोर्डमा उजुरी दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत बन्नको लागि कम्तिमा स्नातकोत्तर वा चाट्र्ड अकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनु पर्ने ब्यबस्था छ । तर चालिसेको उक्त उपाधी नरहको उजुरीकर्ता दाहालको भनाई छ । यता चालिसेले पनि त्रिभुवन बिश्वबिध्यालयबाट स्नातकोत्तर गरेको दावी गरेका छन् ।

चालिसेको शैक्षिक योग्यताको प्रमाण बुझ्न र आवश्यक छानबिन गर्न बोर्ड समक्ष र उजुरीको बोधार्थ अर्थ मन्त्रालयका सचिव र सानिमा बैंकका अध्यक्षलाई समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्