मेगा बैंकले १०.७६ प्रतिशत लाभांश दिने

काठमाडौं । मेगा बैंकले ७.०३ प्रतिशत (५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ) बराबरको बोनस शेयर र ३.७३ प्रतिशत (२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ) बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) १०.७६ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २२ औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेबाट सुरू हुने र सोही सभाबाट लाभांश प्रस्ताव पारित गर्ने जनाएको छ ।
यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित हुने बैंकले जनाएको छ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।