विहेको लगन सकिएपनि बढ्न थाल्यो सुन, एकैदिन तोलामा ४०० रुपैयाँ बढ्यो « Arthapath.com
२ पुष २०७७, बिहीबार

विहेको लगन सकिएपनि बढ्न थाल्यो सुन, एकैदिन तोलामा ४०० रुपैयाँ बढ्यो



काठमाडौँ । आज बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ । यसअघि प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९३ हजार ५०० रुपैयाँ पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनलाई भने आज प्रतितोला ९३ हजार ५० रुपैयाँ पर्नेछ ।

आज चाँदीको भाउ २५ रुपैयाले बढेको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २५५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

आइतबार स्थिर रहेको र सोमबार र मंगलबार १–१ सयले घटेको सुन हिजो ८ सयले बढेको थियो त्यस्तै आज ४ सयले बढेको छ ।त्यसैगरी लगातार ३ दिनसम्म स्थिर रहेको चाँदीको मूल्य पनि हिजो प्रतितोला ३० रुपियाँ बढेको थियो भने आज २५ ले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्