विहिबार थप ९४७ जना कोरोना संक्रमणमुक्त, ७७६ जनामा कोरोना संक्रमण

काठमाडौं । विहिबार थप ७ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण गरिएको थियो । नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ४४४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ५८० जना सक्रिय संक्रमित छन ।
तयसैगरी आज ६ जनाको ज्यान गएको छ । यो संगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै आज ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन ।योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।