प्रभु बैंकको साधारण सभा पुष २६ गते, बुक क्लोज कहिले ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

प्रभु बैंकको साधारण सभा पुष २६ गते, बुक क्लोज कहिले ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले पुष २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको पुष १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १९ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६।०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

7_old.indd

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १० गतेदेखि बैंकको बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्