बचतमा १८ र मुद्दतिमा १६ बैंकले ब्याजदर घटाए, सबैभन्दा कम ब्याज दिने एनआईशी र नबिल बैंक « Arthapath.com
३ पुष २०७७, शुक्रबार

बचतमा १८ र मुद्दतिमा १६ बैंकले ब्याजदर घटाए, सबैभन्दा कम ब्याज दिने एनआईशी र नबिल बैंक



काठमाडौं । बैंकहरुले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले बचत तथा मुद्दति खाताको ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार २७ वाणिज्य बैंकले बचत खातामा दिँदै आएको ब्याजदर घटेको छ । ९ बैंकको बचत खाताको ब्याजदर स्थिर रहँदा एक बैंकले भने बचत खातामा ब्याजदर बढाएको छ ।

नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्शियल बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंकले ब्याजदर घटाएका छन् ।

कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्शियल बैंक, एनआईशी एशिया बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले बचत खाताको ब्याजदर स्थिर राखेको छ । एनएमबि बैंकले भने ब्याजदर बढाएको छ ।

मुद्दति खातामा कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, प्राइम कमर्शियल बैंक र एनएमबि बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे र एनआईशी एशिया बैंकको ब्याजदर स्थिर छ । बाँकी बैंकले ब्याजदर घटाएका छन् । मुद्दति निक्षेपमा समेत ब्याजदर घटाउने बैंक १६, बैंकको ब्याजदर बढाउने ५ वटा र बाँकी ६ वटा बैंकको ब्याजदर भने स्थिर रहेको छ ।

कुन बैैंकको ब्याजदर कति ?

बैंकहरुद्वारा प्रकाशित पछिल्लो ब्याजदर तालिकाअनुसार बचत खातामा १.५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म तथा एकवर्षे मुद्दति खाता ५ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म तोकिएको छ । बचत खातामा सबैभन्दा कम ब्याजदर दिने बैंक एनआईशी र नबिल बैंक रहेका छन् । सबैभन्दा बढी ब्याजदर दिने बैंक भने सबैभन्दा बढी ब्याजदर बैंक अफ काठमाडौंले तोकेको छ । मुद्दति खातातर्फ भने अधिकांश बैंकको न्यूनतम ब्याजदर दिने स्ट्यान्डर्ड चार्टबैंक बैंक बनेको छ । सबैभन्दा बढी ब्याजदर भने सिटिजन्स बैंकको तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्