बैंक तथा बीमा संस्थामा ठूलो संख्यामा अवसर, मन परेको पदमा दिनुहोस् आवेदन « Arthapath.com
५ पुष २०७७, आईतवार

बैंक तथा बीमा संस्थामा ठूलो संख्यामा अवसर, मन परेको पदमा दिनुहोस् आवेदन



काठमाडौं । विभिन्न बैंक तथा बीमा संस्थाहरुम ठूलो संख्यामा कर्मचारी आवश्यकता परेको छ । इच्छुक रहेका उमेद्धारले आवेदन दिन सक्नेछन् । आफ्नो योग्यता अनुसार जुनपदका लागि योग्य हुनुहुन्छ त्यसका लागि तपाइले आवेदन दिन सक्नुहुन्छ ।

1.मिर्मिरे लघुवित्त वित्तीय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई विभिन्न पदका लागि कर्मचारी आवश्यकता परेको छ ।मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागिय प्रमुखका लागि केही, कार्यालय प्रमुखका लागि केही र फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको संस्थाको भनाई छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।

2. नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सहायक द्धितिय र अधिकृतस्तर तृतिय तहमा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । राष्ट्र बैंकले ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको छ ।

3. जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

जनरल इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

4. आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आईएमई लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अनुभव नहुनेलाई सुनौलो अवसर दिने भएको छ ।

5. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । कम्पनीले शाखा प्रमुख, उपशाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

6.सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर, सिनियर अफिसर आइटी, अफिसरका, जुनियर अफिसर, सुपर भाइजरका, सिनियर असिस्टेन्ट, असिस्टेन्ट, जुनियर असिस्टेन्ट र गोल्ड टेस्टरका कर्मचारीको माग गरेको बैंकले जनाएको छ ।

2 page.indd


प्रतिक्रिया दिनुहोस्