नेशनल लाइफको सिइओमा सुरेश खत्री नियुक्त « Arthapath.com
५ पुष २०७७, आईतवार

नेशनल लाइफको सिइओमा सुरेश खत्री नियुक्त



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका सीईओ भरत बस्नेतको कार्यकाल सकिएपछि (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईआ) मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।

कम्पनीको पुष ३ गते बसेको संचालक समिति बैठकले खत्रीलाई कार्यवाहक सीईओ बनाउने निर्णय गरेको हो ।

खत्री २०५१ सालबाट नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन् । उनीसँग नेशनल लाइफमा मात्रै २५ वर्ष काम गरेको अनुभव रहेको छ । खत्रीले स्नातक तहसम्म कानुन विषयको अध्ययन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्