निर्वाचन हारेर सांसद बनेका गौतमले भने ओलीको कदम गलत, गणतन्त्रका मूल्य–मान्यता अन्त्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन प्रस्ताव स्वीकृत भएका प्रति आपत्ति जनाएका छन् । उनले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने बताएका छन् ।
तर उनी आफै निर्वाचन हारेर पनि सांसद बनेका थिए । उनी २०७२ सालको निर्वाचनमा हारेका थिए । तर सांसद बन्नका लागि उनले निकै दौडधुप गरेको थिए । उनी हाल राष्ट्रिय सभा सदस्य रहेका छन् । निर्वाचनमा हारेका गौतम राष्ट्रिय सभा सदस्य बनेर अहिले ओलीको विरोध गर्नु त्यति उपयुक्त नरहेको प्रधानमन्त्री ओली निकट एक नेताले बताए ।
नेता नेपालले विज्ञप्तिमा भने, “प्रधानमन्त्रीले नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्र्सनायोग्य छ ।”
