सनराइज बैंकको साधारण सभा पौष २४ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
६ पुष २०७७, सोमबार

सनराइज बैंकको साधारण सभा पौष २४ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पौष ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पौष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको मंसिर २५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३ औं वार्षिक साधारण सभा पौष २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुने भएको छ ।

सभामा बैंकको मंसिर ७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६।०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।


प्रतिक्रिया दिनुहोस्