२० प्रतिशत कमिसनबाट घटाएर ८ प्रतिसतामा झार्नुपर्ने माग राख्दै पठाओ राइडरहरू आन्दोलनको तयारीमा « Arthapath.com
२२ असार २०८२, आईतबार

२० प्रतिशत कमिसनबाट घटाएर ८ प्रतिसतामा झार्नुपर्ने माग राख्दै पठाओ राइडरहरू आन्दोलनको तयारीमा



काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकहरु कम्पनीले लिने कमिसन धेरै भएकाले घटाउन माग गर्दै आन्दोलनको तयारीमा रहेका छन ।

उनीहरुले आज काठमाडौंको यूएनपार्कमा भेला भएर कमिसन घटाउन माग राखेका हुन ।राइड सेयरिङ एप पठाओका कम्पनीले यात्रुहरुले तिर्ने भाडाको २० प्रतिशत रकम कमिसनको रुपमा लिने गरेकोले घटाउने मा गदै उनीहरुले आन्दोलनको तयारी गरेका हुन । पठाओ चालकले कमिसन घटाएर ८ प्रतिसतामा झार्नुपर्ने माग राखेका छन ।

पठाओका व्यवसायिक चालकहरुले बाइकको बिमा कम्पनीले गरिदिनुपर्ने माग पनि गरेका छन् । त्यसैगरी राइड सेयरिङका क्रममा दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बिमा गर्नुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया दिनुहोस्