आइतबार १ सय अंकले घटेको बजार आज ३०.३३ अंकले बढ्यो, कारोबार रकम घट्यो « Arthapath.com
६ पुष २०७७, सोमबार

आइतबार १ सय अंकले घटेको बजार आज ३०.३३ अंकले बढ्यो, कारोबार रकम घट्यो



काठमाडौं । साताको दोस्रो दिन शेयर बजार बढेको छ । सोमबार दिनभर उतारचढाव हुँदै कारोबार हुने समयमा भने ३०.३३ अंकले बृद्धि भएको हो । सोमबार १.५७ प्रतिशतले बढेर १९६५.९६ अंकमा आएर बन्द भएको हो । सोमबार दिनभर ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार संसद विघटन भएपछि लगानीकर्तामा निराशापन छाएको थियो । तर ओपनीङ समयमा नै गिरावट आएको नेप्से मध्यवधी निर्वाचन हुने पक्का पक्की भएपछि लगानीकर्ता आकर्षित भएका हुन् । सोमबार १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता सेयर किनबेच हुँदा आइतबारको भन्दा कारोबार रकममा भने कमी आएको हो । आइतबार करिव ९ अर्ब रुपैयाँको कारोबार भएको थियो । तर आइतबार करिव एक सय अंकले नै सेयर बजारमा गिरावट आएको थियो ।

NEPSE

1,965.96

30.33

1.57%

SENSITIVE

376.56

7.01

1.90%

सोमबार जीवन बीमा समूहका लगानीकर्ताले सबैभन्दा धेरै २०२.५५ अंकले कमाएका छन् भने दोस्रोमा उत्पादन समूहका लागानीकर्ताले १४१.८७ अंकले कमाएका छन् । तर सोमबार भने ट्रेडिङ समूह, होटेल समूह र म्युचअल फण्डका लगानीकर्ताले भने क्रमशः ३७.३३, २३.०५, ०.०२ अंकले गुमाएका छन् ।

Sub-IndicesCurrentPoints Change%Change
Banking1,470.0021.061.45  
Trading1,894.7937.331.93  
Hotels1,900.6823.051.2  
Development Bank2,124.3614.660.7  
HydroPower1,568.2925.141.63  
Finance858.063.080.36  
Non Life Insurance9,208.7175.250.82  
Manu.& Pro.4,802.32141.873.04  
Others1,562.0638.192.51  
Microfinance3,186.9334.531.1  
Life Insurance12,791.03202.551.61  
Mutual Fund11.230.020.19  


प्रतिक्रिया दिनुहोस्