संसद विघटनविरुद्ध १३ वटा रिट दायर

काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ ।
हिजो र आज गरेर हालसम्म अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको छ । परेका रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले बताएका छन । उनका अनुसार सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।