सोमबार ९ सय रुपैयाँले बढेको सुन मंगलबार फेरि घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि स्थिर रहेर तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।