नेकपा ओली समूहको भोलि सातै प्रदेशमा भेला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । भोली दिउसो १ बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने आज बसेको बालुवाटार बैठकले निर्णय गरेको एक केन्द्रीय सदस्यले जनाएका छन ।
केपी शर्मा ओली समूहले आउदो मंसिर २ मा महाधिवेशनको मिति तोकेको छ ।