बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति, लाइन बस्नु नपर्ने « Arthapath.com
८ पुष २०७७, बुधबार

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति, लाइन बस्नु नपर्ने



काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृतिका लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै आफु रहेसंगै स्थानबाट श्रम स्वीकृति लिन सक्ने भएका छन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले बुधबारदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने जानकारी दिएका छन ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउने कार्य सुरू भइसकेको छ । महानिर्देशक दाहालले यस व्यवस्थाका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिर्न सकिने पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्