संसद विघटनको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ सर्वोच्च अदालतले संवैधानिक इजलासबाट गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो ।
संसद विघटनविरूद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो ।