नेप्सेले ५० प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते साधारणसभा « Arthapath.com
८ पुष २०७७, बुधबार

नेप्सेले ५० प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते साधारणसभा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद ९वोनसमा लाग्ने कर समेत० गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश पारित गर्न नेप्सेले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। सभमा प्रस्तावित लाभांश पारित गर्नुका साथै अधिकृत, जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ । साधारणसभा प्रयोजनको लागि नेप्सेले पुस १८ गते बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्